एनसिएम मर्चेन्ट बैंकिङ्गको नाम अब सनराईज क्यापिटल लिमिटेड

<p>काठमाडौं । सनराईज बैंकको सहायक कम्पनी एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । रत्नराज बज्राचार्यको अध्यक्षतामा बसेको उक्त विशेष साधारणसभाबाट कम्पनीको नाम परिवर्तन गरी “सनराईज क्यापिटल लिमिटेड” नामांकरण गर्ने निर्णय पारित गरियो । साथै कम्पनीको कार्य क्षेत्र बिस्तार गर्न कम्पनीको शेयर पूँजी बृद्घि गरी जारी पूँजी २० करोड तथा चुक्ता पूँजी [&hellip;]</p>

काठमाडौं । सनराईज बैंकको सहायक कम्पनी एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । रत्नराज बज्राचार्यको अध्यक्षतामा बसेको उक्त विशेष साधारणसभाबाट कम्पनीको नाम परिवर्तन गरी “सनराईज क्यापिटल लिमिटेड” नामांकरण गर्ने निर्णय पारित गरियो ।

साथै कम्पनीको कार्य क्षेत्र बिस्तार गर्न कम्पनीको शेयर पूँजी बृद्घि गरी जारी पूँजी २० करोड तथा चुक्ता पूँजी १० करोड कायम गर्ने लगायत प्रबन्धपत्र तथा नियमावलीमा पे्रषित दफाहरु संशोधन गर्ने सम्बन्धमा यस विशेष साधारण सभामा सर्वसम्मतबाट पारित गरेको छ ।

Share News