फस्र्ट माइक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद निष्कासन, १३ लाख कित्ता हकप्रदको विक्री बैशाख २८ बाट

<p>काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको प्रति कित्ता १ सय रुपैयाँ अंकित १३ लाख २२ हजार ५०० कित्ता हकप्रद सेयरको निष्कासन खुला भएको छ । यो बैंकले आफ्नो विद्यमान २६ करोड ४५ लाख रुपैयाँको चुत्ता पुँजीमा १३ करोड २२ लाख थप गर्ने उद्देश्यले हकप्रद निष्कासन गरेको हो । यसले २ सेयर बराबार एक ( [&hellip;]</p>

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको प्रति कित्ता १ सय रुपैयाँ अंकित १३ लाख २२ हजार ५०० कित्ता हकप्रद सेयरको निष्कासन खुला भएको छ ।

यो बैंकले आफ्नो विद्यमान २६ करोड ४५ लाख रुपैयाँको चुत्ता पुँजीमा १३ करोड २२ लाख थप गर्ने उद्देश्यले हकप्रद निष्कासन गरेको हो ।

यसले २ सेयर बराबार एक ( २ः १) को अनुपातमा निकालेको हकप्रदको विक्री आगामी बैशाख २८ गतेबाट जेठ ३१ गतेसम्म खुला हुने उल्लेख छ ।

यसको हकप्रद खरिदका लागि गत चैत्र २९ गतेसम्म शेयर खरिद गरेको लगानीकर्ताले मात्रै हकप्रद किन्न पाउँछन् । यसको विक्री प्रवन्धक ग्लोवल आइएमई क्यापिटल हो ।

Share News