एनएमबी बैंकको नाफा ४८ प्रतिशतले बढ्यो, ९ महिनाको कमाई १ अर्ब १४ करोड

<p>काठमाडौं । एनएमबी बैंक लिमटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब १४ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४८ प्रतिशतले बढी हो । बैकले गत वर्षको तुलनामा ३७ करोड २३ लाख रुपैयाँले नाफा बढाउन सफल भएको छ । गत वर्षकाे प्रथम ९ महिनामा बैंकको नाफा ७७ [&hellip;]</p>

काठमाडौं । एनएमबी बैंक लिमटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब १४ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४८ प्रतिशतले बढी हो ।

बैकले गत वर्षको तुलनामा ३७ करोड २३ लाख रुपैयाँले नाफा बढाउन सफल भएको छ । गत वर्षकाे प्रथम ९ महिनामा बैंकको नाफा ७७ करोड ११ लाख रुपैयाँ मात्रै थियो ।

बैंकले गत चैत मसान्तसम्ममा ७१ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेकाे छ । बैंकले यो अवधिसम्ममा ६० अर्ब २४ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो अवधिसम्ममा बैकले गरेको लगानी नौ अर्ब ९० करोड रुपैयाँ छ ।

यो बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ३ अर्ब ९५ करोड रुपैयाँ छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७० दशमलव ८१ प्रतिशत रहेको छ । बैंकको खराव कर्जा १ दशमलव ७० प्रतिशत छ ।

बैंकको प्रति सेयर आम्दानी २९ रुपैयाँ ८१ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १६१ रुपैयाँ २१ पैसा छ । आइतबार यो बैंकको प्रतिसेयर ६ सय ४७ रुपैयाँमा कारोबार भएको छ ।

Share News