ग्लोबल आईएमई बैंकको नाफा दुई अर्ब पुग्दै, ९ महिनामा १ अर्ब ५८ करोड कमायाे

<p>काठमाडौं । ग्लोवल आईएमई बैंकले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ५८ करोड खुद नाफा गरेको छ । यस आधारमा बैंकको नाफा चालु आर्थिक वर्षमा २ अर्ब नाघ्ने देखिएको छ । गत आर्थिक वर्षको प्रथम ९ महिनामा बैंकले १ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड [&hellip;]</p>

काठमाडौं । ग्लोवल आईएमई बैंकले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ५८ करोड खुद नाफा गरेको छ । यस आधारमा बैंकको नाफा चालु आर्थिक वर्षमा २ अर्ब नाघ्ने देखिएको छ । गत आर्थिक वर्षको प्रथम ९ महिनामा बैंकले १ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ छ । संचित कोषमा ३ अर्ब १४ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ छ । हाल यस बैंकको सेयर प्रतिकित्ता ४१० रुपैयाँमा कारोबार भईरहेको छ ।

चैत मसान्तसम्ममा बैंकले ८५ अर्ब ७४ करोड निक्षेप संकलन गरेको छ भने कर्जा सापटी ७३ अर्ब १३ करोड र लगानी १७ अर्ब ८ करोड रुपैयाँ गरेको छ । सीसीडी रेरियो ७८.८५ प्रतिशत छ । क्यापिटल एडेक्वसी १२.२८ प्रतिशत छ । खराव कर्जा १.५३ प्रतिशतमा झरेको छ ।

Share News