नेपाल बंगलादेश बैंकको ९ महिनाको नाफा ८२ करोड, गत वर्षको तुलनामा १९ प्रतिशतले वृद्धि

<p>काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ८२ करोड ७६ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको प्रथम ९ महिनामा बैंकले ७० करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको चुक्ता पुँजी ५ अर्ब ५१ करोड रुपैयाँ छ । संचित कोषमा २ अर्ब ८५ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर [&hellip;]</p>

काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ८२ करोड ७६ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको प्रथम ९ महिनामा बैंकले ७० करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकको चुक्ता पुँजी ५ अर्ब ५१ करोड रुपैयाँ छ । संचित कोषमा २ अर्ब ८५ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी १६.७ रुपैयाँ छ । हाल यस बैंकको सेयर प्रतिकित्ता ४७० रुपैयाँमा कारोबार भईरहेको छ ।

चैत मसान्तसम्ममा बैंकले ३८ अर्ब ५३ करोड निक्षेप संकलन गरेको छ भने कर्जा सापटी ३७ अर्ब र लगानी ४ अर्बरुपैयाँ गरेको छ । सीसीडी रेरियो ७२ प्रतिशत छ । क्यापिटल एडेक्वसी १३.१४ प्रतिशत छ । खराव कर्जा १.०१ प्रतिशतमा झरेको छ ।

Share News