कृषि विकास बैंकले कमायो एक अर्ब ५७ करोड

<p>काठमाडौं । कृषि विकास बैंकले नौ महिनामा १ अर्ब ५७ करोड नाफा कमाएको छ । यो नाफा बैंकले अघिल्लो आवको सोही अवधीमा कमाएको भन्दा ३६ करोडले बढि हो । बैंकले गत आवको नौ महिनामा १ अर्ब २१ करोड नाफा कमाएको थियो । बैंकले पाँच अर्ब ९३ करोड ब्याज आम्दानी गरेर २ अर्ब ७७ करोड ब्याज [&hellip;]</p>

काठमाडौं । कृषि विकास बैंकले नौ महिनामा १ अर्ब ५७ करोड नाफा कमाएको छ । यो नाफा बैंकले अघिल्लो आवको सोही अवधीमा कमाएको भन्दा ३६ करोडले बढि हो । बैंकले गत आवको नौ महिनामा १ अर्ब २१ करोड नाफा कमाएको थियो ।

बैंकले पाँच अर्ब ९३ करोड ब्याज आम्दानी गरेर २ अर्ब ७७ करोड ब्याज खर्च गरेको छ । बैंकले नौ महिनामा ८९ अर्ब निक्षेप संकलन गरेर ८८ अर्ब कर्जा तथा लगानी प्रवाह गरेको छ ।

३ दशमबल ३० खराब कर्जा भएको कृषि विकास बैंकले ३९ करोड राइटब्याक प्राप्त गरेको देखिन्छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैंयाँ ७४ पैसा छ भने प्रति सेयर नेटवर्थ २१९ रुपैंयाँ ९२ पैसा रहेको छ ।

Share News