काठमाडौं । सनराइज बैंकले सर्वसाधारणकोलागि ३० प्रतिशत (१० बराबर ३ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि आगामी वैशाख ३० गते कम्पनीको बुक क्लोज हुने छ ।
हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक हकप्रद पश्चात कम्पनीको पूँजी ७ अर्ब रुपैयाँ नाघ्ने छ । आइतबार कम्पनीको सेयर प्रतिकित्ता ५४१ रुपैयाँमा कारोबार भएको छ ।