काठमाडौं । सेन्ट्रल फाइनान्सले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निणर्य गत २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।
कुपन्डोलमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी २४ करोड ६५ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी ३२ करोड रुपैयाँ नाघ्ने छ ।