काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकैदिन मैलुङ् खोला जलविद्युत कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आइपीओ निष्कासन गर्न बोर्डको अनुमति दिएको छ ।
बोर्डको अनुमति अनुसार मैलुङ् खोलाले ३ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर अर्थात आइपीओ निष्कासनको लागि अनुमति पाएको छ । कम्पनीले सो मात्राको आइपीओ निष्कासन गर्नको लागि सिदार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।
त्यस्तै, रैराङ हाइड्रोपावरले पनि ५ करोड ६० हजार रुपैयाँ बराबरको शेयर अर्थात आइपीओ निष्कासनको लागि अनुमति पाएको छ । कम्पनीले सो मात्राको आइपीओ निष्कासन गर्नको लागि एसिई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।