सोमबार मात्रै ९५ लाख कित्ता बोनस र ५४ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत

<p>काठमाडौं । सोमबार मात्रै ९५ लाख २९ हजार १७० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन ५४ लाख ९३ हजार ५४४ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । एकैदिन ४ कम्पनीको बोनस र हकप्रद गरि कुल १ करोड ५० लाख २२ हजार ७१४ कित्ता सेयर नेप्सेमा थपिएको छ । सेवा [&hellip;]</p>

काठमाडौं । सोमबार मात्रै ९५ लाख २९ हजार १७० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन ५४ लाख ९३ हजार ५४४ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।

एकैदिन ४ कम्पनीको बोनस र हकप्रद गरि कुल १ करोड ५० लाख २२ हजार ७१४ कित्ता सेयर नेप्सेमा थपिएको छ । सेवा विकास र मेगा बैंकको बोनस र हकप्रद दुबै सेयर थपिएको छ । त्यस्तै, ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंकको बोनस सेयर मात्रै थपिएको छ ।

त्यस्तै, सेवा विकास बैंकको ८ लाख ८ हजार ५५४ कित्ता बोनस र ५१ लाख ६ हजार ६६२ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । मेगा बैंक नेपालको पनि ५३ लाख १५ हजार ९४० बोनस र ३ लाख ८६ हजार ८८२ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

त्यस्तै, ओम डेभलपमेन्ट बैंकको ३० लाख ७४ हजार ६२१ कित्ता बोनर र मनास्लु विकास बैंकको ३ लाख ३० हजार ३५४ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

Share News