काठमाडौं । मंगलबार नेपाल एसबीआई बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ४० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १०२९ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता १०५० रुपैयाँ रहने छ ।