काठमाडौं । मंगलबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा मंगलबार परिसूचक १३ दशमलब ५१ अंकले उकालो लागेर १६५० अंकमा पुगेको छ । सोमबार परिसूचक जम्मा ८ अंकले उकालो लागेको थियो ।
त्यस्तै, परिसूचक सँगै कारोबार रकममा पनि केही वृद्धि भएको छ । मंगलबार बजारमा ६१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४ करोड रुपैयाँ बढी हो । मंगलबार १४२ कम्पनीको १ लाख कित्ता सेयर किनबेच भएको छ ।
मंगलबार कारोबार भएका सबै (अर्थात ७ वटा) समूह हरिया देखिएका छन् । सबैभन्दा बढी हाइड्रेपावर समूहको परिसूचक ११५ अंकले उकालो लागेका छन् । त्यस्तै, बीमा , विकास बैंक र होटल समूहका परिसूचक क्रमशः ६६, २५ र २२ अंकले उकालो लागेका छन् । बैंक, फाइनान्स र अन्य समूहको परिसूचक भने सामान्य अंकले उकालो लागेका छन् ।