निर्वाचन पछिका १० दिनलाई पुग्ने गरी इन्धन जोह गर्दै निगम

<p>काठमाडौं । चुनाव दुई दिन बाँकी रहँदा सरकारी संस्थान उपभोग्य वस्तुको जोहो गर्न थालेका छन् । निर्वाचनका बेला मानिसको चहलपहलका सवारी साधन प्रयोगको बढ्नुका साथै व्यवसायिक गतिविधि पनि बढ्ने भएकाले नेपाल आयाल निगमले निर्वाचन पछिका १० दिनलाई पुग्ने गरि इन्धन जोह गर्न लागेको हो । निगमले निर्वाचनलाई लक्षित गरी ७० हजार किलोलिटर इन्धनको भण्डारण पुर्याउन [&hellip;]</p>

काठमाडौं । चुनाव दुई दिन बाँकी रहँदा सरकारी संस्थान उपभोग्य वस्तुको जोहो गर्न थालेका छन् । निर्वाचनका बेला मानिसको चहलपहलका सवारी साधन प्रयोगको बढ्नुका साथै व्यवसायिक गतिविधि पनि बढ्ने भएकाले नेपाल आयाल निगमले निर्वाचन पछिका १० दिनलाई पुग्ने गरि इन्धन जोह गर्न लागेको हो ।

निगमले निर्वाचनलाई लक्षित गरी ७० हजार किलोलिटर इन्धनको भण्डारण पुर्याउन लागेको छ । निगमकाअनुसार चुनावलाई केन्द्रीत गर्दै पेट्रोल, डिजेल र हवाइ इन्धनको मौज्दात गरी उक्त मौज्दात पुर्याउन लागेको हो । हाल निगमसँग ४२ हजार किलो लिटर पेट्रोलियम पदार्थ मौज्दात रहेको छ । चुनवाका बेला कुनै पनि इन्धनको अभाव नहुने निगमका प्रवक्ता सिताराम पोखरेलले बताए । ‘ निर्वाचनलाई केन्द्रीत गरेर कम्तीमा १० दिनलाई इन्धन पुग्ने गरी भण्डारण गर्न लागेका छौ,’ निर्वाचनको दिन इन्धन आयात रोकिएपनि शुक्रबार र शनिबार भने इन्धन नेपाल भित्र्ने छ ।

निर्वाचन अवधिभर खाना पकाउने एलपी ग्यासमा पनि कुनै समस्या नआउने निगमले जानकारी दिएको छ । निगका अनुसार हाल व्यवसायीसँग करीव १७ लाखभन्दा बढी भरी सिलिण्डरको मौज्दात छ । हाल भएकै मौज्दातले करीव ३ साताको माग धान्छ । अहिले दैनिक झण्डै ७० बुलेट ग्यास आयात भइरहेको छ । एउटा बुलेटबाट एक हजार दुई सय ५० सिलिण्डर भर्न सकिन्छ ।

निर्वाचनलाई लक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेसनले पनि नून र चिनीको मौज्दात बढाएको छ । निर्वाचनका बेला यस्ता अत्यावश्यक वस्तुको अभाव हुन नदिन मौज्दात बढाएको हो । हाल कर्पोरेशनसँग करिब पाँच हजार मेट्रिक टन चिनी मौज्दात छ । सात हजार ५ सय मेट्रिक टन भारतबाट आयात नेपाल भित्र्दै छ । निजी संस्थानसँग करीव ४० हजार मेट्रिक टन चिनी मौज्दात रहेको छ । उक्रो चिनीले करीव २ महिनालाई धान्ने कर्पोरेशनले जानकार िदिएको छ । करीव एक लाख मेट्रिक टन नून मौज्दात छ । यो नूनले झण्डै १० महिनाको माग धान्छ ।

Share News