काठमाडौं । ललितपुर महानगरपालिकामा एमालेले काँग्रेसलाई उछिनेको छ । ललितपुर महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले अग्रता लिएका हुन् । व्यञ्जनकारले १०७४ मत ल्याएका छन् ।
काँग्रेसका मेयर पदका उम्मेदवार चिरिबाबु महर्जनले भने ९५१ मत ल्याएका छन् । माओवादी केन्द्रका दिनेश महर्जनले ४६८ मत ल्याएका छन भने साझा पार्टीका रमेश महर्जनले १३६ मत ल्याएका छन् ।
मतगणनाको सुरुवातमा काँग्रेसले अग्रता लिएको ललितपुरमा एमालेले अग्रता लिन सुरु गरेको हो ।