काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका १२ नं वडामा माओवादी केन्द्र विजयी

<p>धुलिखेल । काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका १२ नं वडा भीमखोरीमा नेकपा (माओवादी केन्द्र)को समूह नै विजयी भएको छ । माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर मोक्तान तीन सय ४५ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत गणेश आचार्यले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बिलाराम मोक्तानले दुई सय पाँच र नेकपा(एमाले)का लीलाराम मोक्तानले एक सय [&hellip;]</p>

धुलिखेल । काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका १२ नं वडा भीमखोरीमा नेकपा (माओवादी केन्द्र)को समूह नै विजयी भएको छ ।

माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर मोक्तान तीन सय ४५ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत गणेश आचार्यले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बिलाराम मोक्तानले दुई सय पाँच र नेकपा(एमाले)का लीलाराम मोक्तानले एक सय चार मत प्राप्त गरेका छन् । सो वडामा सात सय १७ मत खसेको थियो ।

त्यस्तै सोही गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवारले दुई सय ९०, काँग्रेसका उम्मेदवारले दुई सय ५४ र एमालेका उम्मेदवारले एक सय २५ मत प्राप्त गरेका छन् । अहिले सो गाउँपालिकाको वडा नंं १० र ११ को मतगणना जारी छ । रासस

Share News