काठमाडौं । डोल्पाको ठुलीभेरी नगरपालिकाबाट एमालेले मेयरमा खाता खोलेको छ । ठुलीभेरीमा एमाले उम्मेदवार गणेशबहादुर शाही पहिलो मेयर निर्वाचित भएका हुन् । उनले १४७३ मत ल्याएर चुनाव जितेका हुन् ।
उपमेयरमा भने राप्रपाका योगेन्द्र बहादुर शाही विजयी भएका छन । उनले १३२४ मत पाएका थिए ।