मंगलबारकाे सेयर बजार दोहोरो अंकले ओरालो, ५० करोड माथिको सेयर कारोबार

<p>काठमाडौं । मंगलबार सेयर बजार करिब दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ९ दशमलब ९९ अंकले ओरालो लागेर १६४९ दशमलब २४ अंकमा झरेको छ । परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । दोहोरो अंकले घटेको बजारमा ५० करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४० कम्पनीको २८ [&hellip;]</p>

काठमाडौं । मंगलबार सेयर बजार करिब दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ९ दशमलब ९९ अंकले ओरालो लागेर १६४९ दशमलब २४ अंकमा झरेको छ ।

परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । दोहोरो अंकले घटेको बजारमा ५० करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४० कम्पनीको २८ लाख २१ करोड कित्ता सेयर किनबेच भएको छ ।

मंगलबार उत्पादनमूलक समूह बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४६ अंकले ओरालो लागेको छ । उत्पादनमूलक समूहको परिसूचक भने ३० अंकले उकालो लागेको हो ।

Share News