काठमाडौं । नेकपा(एमाले)ले ललितपुरको महांकाल गाउँपालिकाबाट उपत्यकामा विजय यात्रा आरम्भ गरेको छ । २०८० मत ल्याएर महांकाल गाउँपालिका प्रमुखमा एमाले उम्मेदवार रामचन्द्र दाहाल विजयी भएका छन् ।
उपप्रमुखमा एमालेकै कमला तामाङले २२६३ मत प्राप्त गरि विजयी भएकी छिन् ।