मतगणना कार्य अन्यन्त सुस्त, अहिलेकै रफ्तारमा मत गनिए काठमाडौंको नतिजा भदौ ३० मा

<p>&nbsp; मतगणनामा ढिलाइ भएपछि निर्वाचन आयोगको निर्देशनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले मतगणना टोली बढाउँदै छन् । बुधबारबाट काठमाडौं महानगरपालिकाले पाँच टोली बनाएर मतगणना गर्दै छ । काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार मंगलबार तीन टोलीले मतगणना गरिरहेको थियो भने बुधबार दुई टोली थपिनेछ । ‘प्रक्रियागत अप्ठ्यारोले टोली थप गर्न समस्या भएको [&hellip;]</p>

 

मतगणनामा ढिलाइ भएपछि निर्वाचन आयोगको निर्देशनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले मतगणना टोली बढाउँदै छन् । बुधबारबाट काठमाडौं महानगरपालिकाले पाँच टोली बनाएर मतगणना गर्दै छ ।

काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार मंगलबार तीन टोलीले मतगणना गरिरहेको थियो भने बुधबार दुई टोली थपिनेछ । ‘प्रक्रियागत अप्ठ्यारोले टोली थप गर्न समस्या भएको थियो, अब प्रक्रिया पूरा गरेर बुधबार दुई टोली थपिँदै छ,’ मुख्य निर्वाचन अधिकृत अधिकारीले भने । ललितपुर महानगरमा ५ समूहमा र भरतपुरमा तीन समूहमा मतगणना भइरहेको छ ।

थपिएका कर्मचारीलाई भत्ता
सहमतिका आधारमा मतगणक टोलीको संख्या बढाउने अधिकार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको क्षेत्राधिकारभित्र पर्छ । ‘उनीहरूले आवश्यकताअनुसार कर्मचारी थपेर गणना गर्न र गणकलाई भत्ता दिनेबारे कुरा भइसकेको छ,’ निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने ।

विवाद नझिक्न दललाई आग्रह
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दलका प्रतिनिधिले अनावश्यक विवाद निकालेर मतगणना लम्ब्याउने गरेकाले सहयोग गर्न आग्रह गरिएको बताए ।

महानगरकाे मतगणनाकाे अवस्था

–  मतगणना सुरु समय: सोमबार मध्याह्न १२ बजे

–  मंगलबार मध्यराति १२ बजेसम्म अर्थात् ३६ घन्टामा गनिएको मत स् जम्मा २३९८

–  प्रतिघन्टा गनिएको मत स् ६७

–  खसेको मत स् १,९३,०००

–  सम्पूर्ण मत गन्न आवश्यक समय स् २८८० घन्टा अर्थात् १२० दिन अर्थात् ४ महिना

–  यही रफ्तारमा मत गनिए भदौको ३० गते अन्तिम रिजल्ट आउनेछ  । नयाँ पत्रिका दैनिकबाट ।

Share News