काठमाडौं । एनआईसी एशिया बैंकले एकै दिन विभिन्न ९ स्थानमा रहेका नयाँ शाखाहरुको उद्घाटन गरेको छ । बैंकले बुधबार एक समारोहका बीच विभिन्न ९ शाखाहरुको उद्घाटन गरेको हो ।
ती ९ शाखाहरु मध्ये सौ-फर्साटिकर स्थित ९१ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य, सुरेन्द्र प्रसाद श्रेष्ठ, धकधई स्थित ९२ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य, कृष्ण प्रसाद शर्माले, भुमही स्थित ९४ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य, भिम बहादुर थापा (भरत)ले गरेका छन् ।
त्यस्तै, बाँसगढी स्थित ९५ औं शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, नेपालगंज कार्यालयका निर्देशक गुरुप्रसाद पौडेलले, पर्सा स्थित ९६ औं शाखाको उद्घाटन खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष, गुण राज श्रेष्ठले, टाँडी स्थित ९७ औं शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष, ज्ञान बहादुर बिसुरालले, दुलेगौडा स्थित ९९ औं एवं भिमाद स्थित १०३ औं शाखाको उद्घाटन तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष, कृष्ण राज पण्डितले, हाकिम चोक स्थित १०१ औं शाखाको उद्घाटन चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले गरेका छन् ।
यी ९ शाखाका उद्घाटनसँगै एनआईसी एशिया बैंकले ग्राहकहरुलाई देशभरीका १०७ वटा शाखाहरुबाट सेवा प्रदान गर्न शुरु गरेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।