आयल निगमलाई १५ दिनमै २० करोड नाफा, उपभोक्तालाई भने चर्को मूल्य

<p>काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि नेपाल आयल निगमको नाफा २० करोड रुपैयाँ नाघेको छ। भारतीय आयल निगमले मे १६ मा पठाएको मूल्यअनुसार निगमको पाक्षिक नाफा २० करोड रुपैयाँ पुगेको छ । यसअनुसार निगमको नाफा एक महिनामै २७ करोड ३४ लाख रुपैयाँभन्दा बढी देखिन्छ। निगमले नाफा बढे पनि इन्धनको भाउ भने घटाएको छैन। नयाँ [&hellip;]</p>

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि नेपाल आयल निगमको नाफा २० करोड रुपैयाँ नाघेको छ।

भारतीय आयल निगमले मे १६ मा पठाएको मूल्यअनुसार निगमको पाक्षिक नाफा २० करोड रुपैयाँ पुगेको छ ।

यसअनुसार निगमको नाफा एक महिनामै २७ करोड ३४ लाख रुपैयाँभन्दा बढी देखिन्छ। निगमले नाफा बढे पनि इन्धनको भाउ भने घटाएको छैन।

नयाँ मूल्यअनुसार पेट्रोलको भाउ २ रुपैयाँ १० पैसा र डिजेलमा २ रुपैयाँ ७ पैसा घटेको छ। आयल निगमले भने साबिककै दरमा बिक्री गरेर नाफा खाइरहेको छ। निगमको तथ्यांकअनुसार एलपी ग्यासबाहेक सबै इन्धनमा नाफा छ। पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ ६६ पैसा, मट्टीतेलमा १६ रुपैयाँ ७५ पैसा र डिजेलमा २ रुपैयाँ ४७ पैसा नाफा छ।

सरकारले २०७१ असोजदेखि पेट्रोल, डिजेल र हवाई इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गरेको थियो। स्वचालित मूल्यअनुसार अन्तर्राष्ट्रिय बजारअनुसार इन्धनको मूल्य घटबढ गर्नुपर्छ। निगमका प्रवक्ता सीताराम पोखरेलले पुस महिनायता विभिन्न कारणले मूल्य समायोजन नभएको बताए। कान्तिपुर दैनिकबाट ।

Share News