सीडीएमलाई अन्तर्राष्ट्रिय पुरस्कार, ग्रामीण क्षेत्रमा विस्तारित विद्युतीय सेवा पुर्याउन सफल

<p>काठमाडौं । ग्रामीण क्षेत्रमा विस्तारित विद्युतीय सेवाले स्थानीय जनजीवनमा सहजता ल्याएको भन्दै विश्व बैंकले बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मान गरेको छ । केन्द्रले प्रवद्र्घन गरेको लघु जलविद्युत् स्वच्छ विकास संयन्त्र (सीडीएम) आयोजना ‘नवीन परिणाममा आधारित लगानी’तर्फ अन्तर्र्रािष्ट्रय पुरस्कारद्वारा पुरस्कृत भएको हो । सीडीएम आयोजना अक्टोबर १८, २०१० मा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिमा [&hellip;]</p>

काठमाडौं । ग्रामीण क्षेत्रमा विस्तारित विद्युतीय सेवाले स्थानीय जनजीवनमा सहजता ल्याएको भन्दै विश्व बैंकले बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मान गरेको छ । केन्द्रले प्रवद्र्घन गरेको लघु जलविद्युत् स्वच्छ विकास संयन्त्र (सीडीएम) आयोजना ‘नवीन परिणाममा आधारित लगानी’तर्फ अन्तर्र्रािष्ट्रय पुरस्कारद्वारा पुरस्कृत भएको हो ।

सीडीएम आयोजना अक्टोबर १८, २०१० मा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिमा दर्ता भएको आयोजना हो । विश्व बैंकअन्तर्गतको सन् २०१६ को इन अबटेन अवार्डद्वारा सीडीएम पुरस्कृत भएको बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्रवक्ता कृष्णचन्द पौडेलले जानकारी दिए ।

नेपालस्थित विश्व बंैकका निर्देशक टाकुया कामाताले विश्व बैंकका तर्फबाट सो अवार्ड वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताललाई शुक्रबार प्रदान गरिएको हो ।

नेपाल सरकारको नवीकरणीय अनुदान नीतिअन्तर्गत नेपालको ग्रामीण क्षेत्रमा प्रवद्र्धन केन्द्रमार्फत कुल करिब १५ मेगावाट क्षमताका चार सय ५० लघुजलविद्युत् परियोजनालाई समावेश गरिएको छ । आयोजनाबाट हालसम्म चार सय ३३ लघुजलविद्युत् आयोजनाको निर्माण भई एक लाख ३३ हजार एक सय ५४ ग्रामीण घरधुरीमा विद्युत् पहुँच पुगेको छ ।

Share News