यति एयरलायन्स र संयुक्त राष्ट्र संघबीच साझेदारी, नेपालमा दिगो विकास हासिल गर्ने

<p>काठमाडौं । यति एयरलायन्स र नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालयले नेपालमा दिगो विकासका लक्ष्य हासिल एवम् प्रवद्र्धन गर्नका लागि नयाँ साझेदारीको सुरुवात गरेका छन् । यस सम्झौता अन्तर्गत राष्ट्र संघ र यति एयरलायन्सले दिगो विकास लक्ष्य सम्बन्धी जनचेतना जगाउनका साथै आवश्यक सरोकारवालाहरुको परिचालन साथै यसको कार्यन्वयनका लागि सम्बन्धित सरोकारवालाहरु संयुक्त रुपमा पहल गर्नेछन् । साथै, [&hellip;]</p>

काठमाडौं । यति एयरलायन्स र नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालयले नेपालमा दिगो विकासका लक्ष्य हासिल एवम् प्रवद्र्धन गर्नका लागि नयाँ साझेदारीको सुरुवात गरेका छन् । यस सम्झौता अन्तर्गत राष्ट्र संघ र यति एयरलायन्सले दिगो विकास लक्ष्य सम्बन्धी जनचेतना जगाउनका साथै आवश्यक सरोकारवालाहरुको परिचालन साथै यसको कार्यन्वयनका लागि सम्बन्धित सरोकारवालाहरु संयुक्त रुपमा पहल गर्नेछन् ।

साथै, यस सहकार्यले वातावरण परिवर्तन अनुकुल, गरिबीन्युनीकरण र लैङ्गिक समनता लगायतका क्षेत्रसँग सम्बिन्धत लक्ष्य हासिल गर्ने उड्डयन र पर्यटनको क्षेत्रमा नयाँ र दिगो व्यवसायिक मोडेलको खोजी अवलम्बन एवम् प्रर्वद्धन गर्नेछ ।

नेपाल लगायत राष्ट्रसंघका सदस्य राष्ट्रहरुले सन् २०१५ को सेप्टेम्बरमाअवलम्बनगरिएको दिगो विकास लक्ष्य र एजेण्डा २०३० ले विश्व व्यापी लक्ष्य हासिल गर्नै निजी क्षेत्रलाई एक महत्वपूर्ण साझेदारको रुपमा लिएको छ । दिगो विकास लक्ष्य कार्यन्वयन प्रक्रिया अगाडि बढाउनका लागि साधन स्रोत प्रवृत्ति र नयाँ कार्यका सुरुका लागि निजी क्षेत्रको उल्लेखनीय भूमिका रहेको छ ।

ललितपुरको पुल्चोक स्थित युएन हाउसमा भएको समझदारी पत्रमा युनडीपी नेपालका निर्देशक रेनो मेयर र यति एयरलायन्सका प्रमुखकार्यकारी अधिकृत उमेशचन्द्र राईले हस्ताक्षर गरेका थिए ।

‘नेपालमा विश्वव्यापी लक्ष्यका लागि यति एयरलायन्सलाई पहिलो निजी क्षेत्रको साझेदारको रुपमा पाँउदा राष्ट्रसंघ खुसी र उत्साहित भएको छ । यसले नेपालको विकासमा निजी क्षेत्रको भूमिका रहेको सन्देश दिएको छ ।’ युनडीपी नेपालका निर्देशक रेनो मेयरले भने ‘दिगो विकास लक्ष्य सरकार र राष्ट्रसंघको मात्र जिम्मेवारी नभई निजी क्षेत्र र नागरिक समाजलगायत सबै नागरिकके जिम्म्ेवारी हो । यही लक्ष्य हासिल गर्ने सरोकारवालाहरुबीच सबै तहका कार्यक्रमको योजना, कार्यन्वयन र अनुगमनको चरणमा हुने सामूहिक साझेदारीले नै यी लक्ष्य प्राप्तिमा निर्भर रहन्छ ।’

Share News