सिटिजन्स बैंकले शुरु गर्यो दमकबाट एटिएम सेवा, काठमाडौंको कमलादीमा पनि

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शुक्रबारबाट आफ्नो दमक शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । साथै काठमाडौंको कमलादी स्थित बैंकको एटिएम स्थानान्तरण गरेको बैंकले जनाएको छ । उक्त दमक शाखाबाट एटिएम सेवा विस्तार पछि बैंकको कुल एटिएम संख्या ५८ पुगेको छ । बैंकले आफ्नो ५८ वटा शाखा र ९७ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शुक्रबारबाट आफ्नो दमक शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । साथै काठमाडौंको कमलादी स्थित बैंकको एटिएम स्थानान्तरण गरेको बैंकले जनाएको छ ।

उक्त दमक शाखाबाट एटिएम सेवा विस्तार पछि बैंकको कुल एटिएम संख्या ५८ पुगेको छ । बैंकले आफ्नो ५८ वटा शाखा र ९७ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ४ लाख १७ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे छ ।

हाल बैंकको उपत्यका भित्र २९ वटा तथा उपत्यका बाहिर २९ वटा एटिएम सञ्चालनमा रहेको छ ।

Share News