जाँदा जाँदै अजय सुमार्गीको पैसा खुला !

<p>बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अजय सुमार्गीको रोक्का रहेको रकम निकासा गर्न दिने निर्णय  गरेको छ । सत्ताबाट बाहिरनै लाग्दा सरकारले डा. युवराज खतिवडा गभर्नर भएका बेलादेखि रोक्का रहेको ३ अर्व २९ करोड रुपैयाँ निकासा गर्न स्वीकृत दिएको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ । जाँदा जाँदै प्रचण्ड सरकारले अयज सुमार्गीलाई सो रकम निकासा गर्न बाटो खोलिदिएको [&hellip;]</p>

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अजय सुमार्गीको रोक्का रहेको रकम निकासा गर्न दिने निर्णय  गरेको छ । सत्ताबाट बाहिरनै लाग्दा सरकारले डा. युवराज खतिवडा गभर्नर भएका बेलादेखि रोक्का रहेको ३ अर्व २९ करोड रुपैयाँ निकासा गर्न स्वीकृत दिएको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ ।

जाँदा जाँदै प्रचण्ड सरकारले अयज सुमार्गीलाई सो रकम निकासा गर्न बाटो खोलिदिएको छ । यस विषयमा शुक्रबार नेपाल राष्ट्र बैंकमा दिनभर चर्चा भएको छ । पैसा निकासा गर्नका लागि आवश्यक डकुमेन्ट जुटाउन नसक्दा रकम निकासा त्यतिकै रोकिएको थियो ।

तर, सरकारबाट आधिकारिक पत्र नआएकोले राष्ट्र बैंकले यस विषयमा बोल्न चाहेन ।  अजय सुमार्गीले अफसोर कम्पनीको आवरणमा नेपालमा लगानी गर्न भनेर उक्त रकम नेपाल भित्र्याएका हुन् ।

२०७० सालदेखि नेपाल सरकारको कुनै निकायबाट उक्त रकम नेपाल भित्र्याउन पूर्वसहमति नलिएका कारण स्रोत नखुलेको धनका रुपमा राष्ट्र बैंकले रोकिराखेको थियो । अहिले सरकार ढल्ने बेलामा  प्रचण्ड र देउवाको सहमतिमा उक्त रकम निकासा गर्न स्वीकृत दिने निर्णय गरिएको हो ।

अजय सुमार्गीले मुक्तिश्री सिमेन्ट उद्योग दर्ता गरेका छन् ।  त्यसैका लागि २०७० सालमा ब्रिटिश भर्जिन आइलेण्डस्थित झोधार इन्भेष्टमेन्ट लि.बाट कर्जा लिने भनेर निवेदन दिँदा नेपालका बैंकले ऋण दिन सक्ने कि नसक्ने भन्ने खुलाउन भन्दा अजय सुमार्गीले आधार उल्लेख गर्न सकेका थिएनन् ।

त्यसपछि नेपाल स्याटेलाइट टेलिकम प्रालिले उद्योगका लागि साइप्रसस्थित एअरवेज सर्भिसेज लि.बाट ६५ मिलियन डलर ऋण लिन अनुमति मागियो ।

उद्योगको कुल पुँजीभन्दा ऋण बढी देखिएपछि किन भनेर सोध्दा अजय सुमार्गीले त्यस पत्राचारको पनि स्पष्ट पार्न सकेनन् अर्थात पुँजीको स्रोत खुल्न सकेन ।

Share News