काठमाडौं । सरकारले मुलुकका १० स्थानमा पेट्रोलियम अन्वेषण गर्न पुनः ग्लोवल टेण्डर गर्ने भएका छ ।
पेट्रोलियम अन्वेषणका लागि यसअघि भएका सबै प्रयास असफल भएपछि सरकारले नयाँ टेण्डर गरेर अन्वेषणलाई पुनः अघि बढाउने भएको हो ।
यसका लागि नियमावली संसोधन गरेर प्रक्रिया अगाडि बढाइसकिएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए ।
सरकारले १९९० को दशकदेखि पेट्रोलियम अन्वेषणको प्रक्रिया अगाडि बढाएको हो । तर अन्वेषणको जिम्मा पाएका कम्पनीले काम नगरी लाइसेन्स मात्रै होल्ड गरे यस अघी पनि काम नगर्ने कम्पनीकाे लाइसेन्स खारेज भएकाे थियाे । नयाँ पत्रिकादैनिकबाट ।