एभरेष्ट बैंकले शुरु गर्यो ‘निक्षेप परिचालन योजना’, न्यूनतम मौज्दातमा ५०% छुट

<p>काठमाडौं । वित्तीय समावेशीतालाई प्रोत्साहन गर्नका साथै बैंकको निक्षेपको आधारलाई अझ मजबुत पार्नका लागी एभरेष्ट बैंकले “निक्षेप परिचालन योजना” शुरुवात गरेको छ । जेठ १ गते देखि शुरु भएको यस योजनाको अवधि १ महिनाको रहनेछ । यस योजना अन्तर्गत बैंकले विशेष गरी बचत तथा चल्ती खातामा जोड दिएको छ र खाता खोल्न आवश्यक न्यूनतम मौज्दात [&hellip;]</p>

काठमाडौं । वित्तीय समावेशीतालाई प्रोत्साहन गर्नका साथै बैंकको निक्षेपको आधारलाई अझ मजबुत पार्नका लागी एभरेष्ट बैंकले “निक्षेप परिचालन योजना” शुरुवात गरेको छ । जेठ १ गते देखि शुरु भएको यस योजनाको अवधि १ महिनाको रहनेछ ।

यस योजना अन्तर्गत बैंकले विशेष गरी बचत तथा चल्ती खातामा जोड दिएको छ र खाता खोल्न आवश्यक न्यूनतम मौज्दात रकममा ५० प्रतिशत छुट प्रदान गरेको छ । बचत तथा चल्ती खातामा विशेष जोड भएतापनि ग्राहकले मुद्दती र कल खाता पनि आर्कषक ब्याजदरमा खोल्न सक्नेछन् ।

बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८८ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Share News