राजदूतद्वारा विद्यालय हस्तान्तरण

<p>रसुवा । भूकम्पपश्चात् नर्वे सरकारको आर्थिक सहयोगमा सवलीकरण गरिएको ठूलोस्याफ्रु गाउँको विद्यालय हस्तान्तरण गरिएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पु¥याएपछि रु ३६ लाख ६४ हजार ९१३ को लागतमा सवलीकरण (रेट्रोफिटिङ) गरिएको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित ठूलोस्याफ्रु नेपाल राष्ट्रिय निमावि भवन नेपालका लागि शाही नर्वेजियन राजदूत एचई केलेज टोर्मोड पिटर्सनले हालै जिल्ला शिक्षा अधिकारी [&hellip;]</p>

रसुवा । भूकम्पपश्चात् नर्वे सरकारको आर्थिक सहयोगमा सवलीकरण गरिएको ठूलोस्याफ्रु गाउँको विद्यालय हस्तान्तरण गरिएको छ ।

विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पु¥याएपछि रु ३६ लाख ६४ हजार ९१३ को लागतमा सवलीकरण (रेट्रोफिटिङ) गरिएको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित ठूलोस्याफ्रु नेपाल राष्ट्रिय निमावि भवन नेपालका लागि शाही नर्वेजियन राजदूत एचई केलेज टोर्मोड पिटर्सनले हालै जिल्ला शिक्षा अधिकारी सुकदेव सापकोटालाई हस्तान्तरण गरेका छन् ।

सो अवसरमा राजदूत पिटर्सनले ग्रामीण भेगका विद्यालय भवन निर्माणमा नर्वे सरकारले सहयोगी हात बढाउँदै आएको उल्लेख गरे । उहाँले आफू पहिला पनि ठूलोस्याफ्रु आइसकेको र यस क्षेत्रको आफूलाई सम्झना आइरहने बताए ।

भूकम्पबाट ठूलोस्याफ्रु विद्यालयमा क्षति हुँदा करिब ८० विद्यार्थी पठनपाठनका लागि गाउँबाट अन्यत्र जानुपरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कान्छा लामाका अनुसार हाल त्यस विद्यालयमा ३२ बालबालिका मात्र अध्ययनरत रहेका छन् । रासस

Share News