खैरहनी नगरपालिकामा एमाले विजयी

<p>रत्ननगर । पूर्वी चितवनको खैरहनी नगरपालिकाको प्रमुखमा नेकपा ९एमाले०का लालमणि चौधरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्र चौधरीलाई ९८४ मतले पछि पार्दै लालमणि विजयी भएका हुन् । लालमणिले १० हजार ७१७ मत प्राप्त गगरेका छन् भने राजेन्द्र चौधरीले नौ हजार ७३३ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा पनि एमालेकै सुनिता [&hellip;]</p>

रत्ननगर । पूर्वी चितवनको खैरहनी नगरपालिकाको प्रमुखमा नेकपा ९एमाले०का लालमणि चौधरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्र चौधरीलाई ९८४ मतले पछि पार्दै लालमणि विजयी भएका हुन् । लालमणिले १० हजार ७१७ मत प्राप्त गगरेका छन् भने राजेन्द्र चौधरीले नौ हजार ७३३ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा पनि एमालेकै सुनिता थपलिया खरेल विजयी भएकी छिन् । थपलियाले १० हजार ४५१ मत प्राप्त गरेकी थिइन । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी उम्मेदवार सुशीलादेवी उप्रेतीले नौ हजार ८८८ मत प्राप्त गरेकी छिन्।

नेकपा ९माओवादी केन्द्र०का प्रमुख पदका उम्मेदवार एकराज डल्लाकोटीले तीन हजार १४७ मत प्राप्त गरे भने उपप्रमुखमा रेवती सेढाईंले दुई हजार ९२० मत प्राप्त गररिन् ।

खैरहनीको १३ वडा मध्ये एमालेले सातवटा वडामा अध्यक्ष जितेको छ भने नेपाली काँग्रेसले छवटा वडामा जित हासिल गरेको सहायक निर्वाचन अधिकारी एवम् सूचना अधिकारी दिवाकर पौडेलले जानकारी दिए

उनका अनुसार वडा नं १, ६, ७, ८, ९, १०, ११ वडामा एमालेका उम्मेदवार विजयी भएका छन् भने वडा नं २, ३, ४, १२ र १३ वडामा काँग्रेसले वडाध्यक्षमा जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

Share News