मकवानपुरका तीन पत्रकार स्थानीय तहको निर्वाचनमा विजयी

<p>हेटौँडा । स्थानीय तह निर्वाचनमा मकवानपुरका तीनजना पत्रकार जनप्रतिनिधि बनेका छन् । मकवानपुरका प्रमुख तीन दलबाट छ पत्रकार चुनावी मैदानमा उत्रिएका थिए । पत्रकार सवीन न्यौपाने हेटौँडा–१ का वडाध्यक्ष, नवीन सिग्देल हेटौँडा वडा नं ४ का वडाध्यक्ष र देवराज रिमाल हेटौँडा–७ का वडा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचनमा होमिएका नेपाली काँग्रेसबाट एक, नेकपा (एमाले(का [&hellip;]</p>

हेटौँडा । स्थानीय तह निर्वाचनमा मकवानपुरका तीनजना पत्रकार जनप्रतिनिधि बनेका छन् । मकवानपुरका प्रमुख तीन दलबाट छ पत्रकार चुनावी मैदानमा उत्रिएका थिए ।

पत्रकार सवीन न्यौपाने हेटौँडा–१ का वडाध्यक्ष, नवीन सिग्देल हेटौँडा वडा नं ४ का वडाध्यक्ष र देवराज रिमाल हेटौँडा–७ का वडा सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचनमा होमिएका नेपाली काँग्रेसबाट एक, नेकपा (एमाले(का तर्फबाट तीन र नेकपा (माओवादी केन्द्र(बाट एकमध्ये एमालेका कुमार नेगी थाहा–३ को वडाध्यक्षमा, धु्रवराज ढकाल र सन्तोष न्यौपाने हेटौँडा–१० को वडाध्यक्षमा पराजित भए ।

युवा पुस्ताका पत्रकार सवीन न्यौपाने प्रेस युनियन मकवानपुरका उपाध्यक्ष हुन् । उनी जिल्लामा रहेका विभिन्न सङ्घसंस्थामा सक्रिय हुनाले काँग्रेस हेटौँडा १ नं एकाइ समितिले सर्वसम्मत उम्मेदवारका रुपमा पार्टीमा सिफारिस गरेको थियो । उनी साझा कुरा राष्ट्रिय दैनिकका प्रकाशक र सम्पादक समेत हुन्। सिग्देल ‘हेटौँडा टुडे’का सम्पादक र रिमाल ‘थाहा सन्देश’मा आबद्ध प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् ।

Share News