पोखरा लेखनाथ महानगरको मेयर/उपमेयरमा एमाले विजयी

<p>काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा( एमाले)का मानबहादुर जिसी विजयी भएका छन् । उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी भइन् । भर्खरै सम्पन्न मत गणनामा जिसीले कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई १४ हजार मतान्तरले पराजित गरेका हुन। जिसीले ६० हजार ४२३ मत ल्याउँदा काँग्रेस उम्मेदवार कुँवरले जम्मा ४६ हजार ४७३ मत पाएका थिए । कुँवरलाई [&hellip;]</p>

काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा( एमाले)का मानबहादुर जिसी विजयी भएका छन् । उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी भइन् ।

भर्खरै सम्पन्न मत गणनामा जिसीले कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई १४ हजार मतान्तरले पराजित गरेका हुन। जिसीले ६० हजार ४२३ मत ल्याउँदा काँग्रेस उम्मेदवार कुँवरले जम्मा ४६ हजार ४७३ मत पाएका थिए ।

कुँवरलाई काँग्रेस र माओवादी केन्द्रका संयुक्त उम्मेदवार बनाइएको थियो ।

Share News