संविधान संशोधन नहुँदा र चुनाव चिन्ह नपाउँदा राजपा आन्दोलनमा, चुनावै विथोल्ने घोषणा

<p>काठमाडौं । राष्ट्रिय जनता पार्टीसहितको संघीय गठबन्धनले दोस्रो चरणको स्थानीय चुनावमा अवरोध गर्ने गरी आन्दोलन घोषणा गरेको छ । गठबन्धनको शुक्रबारको बैठकले आन्दोलनमा जाने निर्णय गरेको खबर आजको नागरिकमा छ । बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहालले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ टाकुरलाई भेटी आन्दोलनमा नजान आग्रह गरेका थिए । यस्तो छ आन्दोलनका कार्यक्रम: &#8211; शनिबार सबै [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय जनता पार्टीसहितको संघीय गठबन्धनले दोस्रो चरणको स्थानीय चुनावमा अवरोध गर्ने गरी आन्दोलन घोषणा गरेको छ ।

गठबन्धनको शुक्रबारको बैठकले आन्दोलनमा जाने निर्णय गरेको खबर आजको नागरिकमा छ ।

बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहालले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ टाकुरलाई भेटी आन्दोलनमा नजान आग्रह गरेका थिए ।

यस्तो छ आन्दोलनका कार्यक्रम:
– शनिबार सबै उपमहानगरपालिका र नगरपालिका सदरमुकाममा मसाल जुलुश प्रदर्शन ।
– जेठ १४ गते लाठी जुलुश प्रदर्शन ।
– सबै केन्द्रमा संघर्ष समिति गठन गर्ने ।
– १५ गते विभिन्न व्यक्तित्वसँग अन्तक्र्रिया गर्ने बेलुकी सहिदको सम्भलनामा मैनबत्ती बाली श्रद्धान्जली सभा गर्ने ।
– १६ गते निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने ।
– मसाल जुलुश प्रदर्शन गर्ने ।
– १८ र १९ गते मधेस, थरुहट, लिम्बुवानमा बन्द, आमहडताल तथा उम्मेदवारी प्रक्रियामा अवरोध गर्ने । नागरिक दैनिकबाट ।

Share News