एनएमबी बैंक र शिखर इन्स्योरेन्सको एफपीओ रोकिने, पाँच वर्षको अन्तरमा मात्र एफपीओ दोहोर्याउन पाउने नयाँ नियम

<p>काठमाडौं । शिखर इन्स्यारेन्स कम्पनी र एनएमबी बैंकले प्रस्ताव गरेको एफपीओ रोकिने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली २०७४ जारी गर्दै कुनै पनि कम्पनीले एउटा एफपीओ जारी गरेको ५ वर्षपछि नयाँ एफपीओ जारी गर्न पाउने व्यवस्था गरेको छ । नयाँ नीतिको पहिलो असर शिखर इन्स्योरेन्स कम्पनी र एनएमबी बैंकको एफपीओलाई [&hellip;]</p>

काठमाडौं । शिखर इन्स्यारेन्स कम्पनी र एनएमबी बैंकले प्रस्ताव गरेको एफपीओ रोकिने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली २०७४ जारी गर्दै कुनै पनि कम्पनीले एउटा एफपीओ जारी गरेको ५ वर्षपछि नयाँ एफपीओ जारी गर्न पाउने व्यवस्था गरेको छ ।

नयाँ नीतिको पहिलो असर शिखर इन्स्योरेन्स कम्पनी र एनएमबी बैंकको एफपीओलाई पर्ने धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रबक्ता निरज गिरीले बताए ।

शिखर इन्स्योरेन्स कम्पनीले १३ लाख ६२ हजार ७८१ कित्ता एफपीओ निष्काशन गर्न अनुमति माग गर्दै २०७३ फागुन २ गते आवेदन गरेको थियो । यस कम्पनीले एक वर्षअघि पनि एफपीओ जारी गरेको थियो ।

त्यस्तै एनएमबी बैंकले १ अर्ब १४ करोड रुपैयाँ बराबरको एफपीओ जारी गर्ने निर्णय गरेको छ । एफएमओलाई जारी एफपीओ र पब्लिकलाई जारी गरेको एफपीओलाई समान रुपमा हेर्न नमिल्ने भएकोले आफूहरुले प्रस्ताव गरेको एफपीओमा समस्या हुनु नपर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।

धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले एफपिओका नाममा सूचिकृत कम्पनीलाई व्यापार गर्न नदिने स्पष्ट पारे । उनले भने-‘काम गरेर नाफा कमाउनुस, एफपिओ जारी गरेर नाफा कमाउन मिल्दैन र हामी त्यस्तो हुन पनि दिने छैनौं ।’

बोर्डले निर्देशिका जारी हुँदा स्वीकृत प्राप्त गरिसकेका कम्पनीले दोश्रो पटक नै भएपनि एफपिओ निष्काशन गर्न पाउने तर बोर्डबाट स्वीकृती नपाएका कम्पनीले भने पाँच बर्ष कुर्नुपर्ने स्पष्ट पारेको छ ।

Share News