फेवा विकास बैंकको नयाँ एटीएम सेवा बुटवलमा, हालसम्म १६ वटा सञ्चालनमा

<p>काठमाडौं । फेवा विकास बैंक लिमिटेडले रुपन्देही–बुटवल स्थित नयाँगाउँ शाखाबाट एटीएम सेवा प्रारम्भ गरेको छ । उक्त एटीएम सेवाको उद्घाटन फेवा विकास बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा तथा बुटवल नयाँगाउँ स्थित स्वामिनारायण मुक्तिनाथ धामका स्वामि लोकानन्द महाराजले संयुक्त रुपमा गरेका छन् । यो समेत बैंकको देशभरमा एटीएम संजाल १६ वटा पुगेको जानकारी [&hellip;]</p>

काठमाडौं । फेवा विकास बैंक लिमिटेडले रुपन्देही–बुटवल स्थित नयाँगाउँ शाखाबाट एटीएम सेवा प्रारम्भ गरेको छ । उक्त एटीएम सेवाको उद्घाटन फेवा विकास बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा तथा बुटवल नयाँगाउँ स्थित स्वामिनारायण मुक्तिनाथ धामका स्वामि लोकानन्द महाराजले संयुक्त रुपमा गरेका छन् ।

यो समेत बैंकको देशभरमा एटीएम संजाल १६ वटा पुगेको जानकारी गराउँदै प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताए । उनले भविश्यमा आधुनिक बैंकिङ्गका यस्तै अन्य सेवाहरु समेत थप गर्दै जाने र स्थानिय सेवाग्राहीहरुलाई सुविधा पुर्याउने बैंकको लक्ष्य रहेको बताए ।

सोही अवसरमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल उपमहानगरपालिका-१३ मा अवस्थित अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र (साहारा घर) मा आश्रीत अनाथ बालबालिकाहरुलाई खाद्यान्न तथा स्टेशनरी सामाग्रीहरु समेत वितरण गरेको छ ।

Share News