काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आज बेग्लाबेग्लै भेटेर आगामी आर्थिक वर्षको आयव्ययको विवरण (बजेट) बारे जानकारी गराएका छन् ।
त्यस अवसरमा अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी, राजस्व सचिव राजन खनाल र बजेट महाशाखाका प्रमुख मधुकुमार मरासिनी उपस्थित रहेको अर्थमन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री महराले सोमबार ४ बजे ससदमा बजेट वाचन गर्ने कार्यक्रम रहेको छ ।