काठमाडौं । नेपालको नं. १ फुटवयर ब्राण्ड शिखर सुजले जेठ १४ गतेदेखि क्रेजी सेल मेला राजधानीको भृकुटीमण्डपमा शुरु गरेको छ । यो मेलामा १५ प्रतिशतदेखि ८५ प्रतिशतसम्म छुट प्रदान गरिएको छ । मेलामा १०० रुपैयाँदेखि माथीका जुत्ता चप्पल बिक्रि गरिएको छ । यो योजना शिखर सुजका आधिकारीक सोरुमहरुमा समेत लागु हुनेछ ।

मेलाको उद्घाटन नविन्द्रराज जोशीले गरेका हुन् । औपचारिक कार्यक्रम का सभाध्यक्ष शिखर सुज इण्डस्टीजका प्रवन्ध निर्देशक रामकुष्ण प्रसाइले गरेका थिए भने शिखर सुजको पहिलो एकल प्रदर्शनी सफल हुने विश्वास रहको दावि गरेका छन् । नेपाली बजारमा विदेशी जुत्ताको प्रतिस्थापन गर्न नसके पनि नेपाली जुत्ता उद्योग त्यसतर्फ अग्रसर रहेको तर सरकारले त्यस तर्फ ध्यान नदिएकोमा आपत्ति जनाएका छन् ।
सो कार्यक्रममा बोल्दै मन्त्रि जोशिले सरकारले निजि स्तरको कलकारखाना उद्योगहरु संग सहकार्य गर्दै अगाडि बड्न इच्छुक रहेको र दोहोरो कर प्रणाली लाइ कसरी ब्यवस्थित गर्न सकिन्छ भनी छलफल चलिरहेको बताए ।
मेलामा विशेष गरि गर्मियामका लागी उपयुक्त हुने जुत्ता तथा चप्पल पाइने छन् । मेलामा सबै उमेर समुहका महिला तथा पुरुषलाई उपयुक्त हुने जुत्ता तथा चप्पल उपलब्ध छ । यो मेला स्टक रहुन्जेलसम्म सञ्चालन हुनेछ । मेलामा नयाँ डिजाईनका जुत्ता तथा चप्पल समेत बिक्रि गरिनेछ ।
आम उपभोक्तालाई सर्वसुलभ मुल्यमा गुणस्तरीय उत्पादन सहज ढङ्गले खरिद गर्ने अवसर मिलोस् भन्ने उद्धेश्यका साथ मेला आयोजना गरिएको प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले बताए । मेलामा पार्टी सुज, स्पोर्टस सुज, स्कुल सुज, क्याजुयल सुज, चप्पल लगायतका सबै उत्पादनका भेराईटी पाईने छ । यो मेला शिखर सुजको एक्स्क्लुसीभ रहेको छ ।