आव २०७४/७५ को लागि १२ खर्व ७८ अर्बको बजेट पारित

<p>काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७४/७५ को आयव्यय विवरण (बजेट) पारित गरेको छ । दिउँसो बसेको मन्त्रीपरिषद बैठकले १२ खर्व ७८ अर्बको बजेट पारित गरेको थियो । जसमध्ये स्थानीय तहका लागि २ खर्ब २५ अर्ब छुट्याइएको छ । प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७४/७५ को आयव्यय विवरण (बजेट) पारित गरेको छ । दिउँसो बसेको मन्त्रीपरिषद बैठकले १२ खर्व ७८ अर्बको बजेट पारित गरेको थियो । जसमध्ये स्थानीय तहका लागि २ खर्ब २५ अर्ब छुट्याइएको छ ।

प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट पारित गरेको उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए ।

“बजेटका लागि के के कार्यक्रम राख्ने भनी आयोगको पूर्ण बैठकले पारित गरेको छ, १४औँ योजनामा तोकेका कार्यक्रम, संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको दिगो विकासका लक्ष्यलाई बजेटमा प्राथमिकता दिइएको छ, संविधानमा स्थानीय तहलाई सङ्घीय संरचनाअनुसार दिएको कामलाई बजेटले सरल बनाइदिएको छ”–उनले भने ।

आयोगले पारित गरेको बजेट मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरी आज अपराह्न ४ बजे बस्ने व्यस्थापिका-संसद्को बैठकमा उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गर्ने कार्यक्रम छ । रासस

Share News