सदन चल्न नदिने एमालेको अडान, बजेट प्रस्तुतिमा ढिलाई

<p>काठमाडौं । आगामी आर्थिक वर्ष २०७४/७५ बजेट मध्यान्त ४ बजे प्रस्तुत गर्ने भनिए पनि ढिलाई भएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेले संसदमा दर्ता भएको प्रधानन्यायधिश सुशीला कार्कीमाथि महाअभियोग लगाउने प्रस्ताव फिर्ता लिन दवाव दिदै आएको छ । महाअभियोग फिर्ता नभएसम्म सदन चल्ने नदिने एमालेले निर्णय गरेको एमाले नेता गोकर्ण विष्ठले बताएका छन् । [&hellip;]</p>

काठमाडौं । आगामी आर्थिक वर्ष २०७४/७५ बजेट मध्यान्त ४ बजे प्रस्तुत गर्ने भनिए पनि ढिलाई भएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेले संसदमा दर्ता भएको प्रधानन्यायधिश सुशीला कार्कीमाथि महाअभियोग लगाउने प्रस्ताव फिर्ता लिन दवाव दिदै आएको छ ।

महाअभियोग फिर्ता नभएसम्म सदन चल्ने नदिने एमालेले निर्णय गरेको एमाले नेता गोकर्ण विष्ठले बताएका छन् । भरतपुर महानगरपालिकामा सत्तारुढ दलका कार्यकर्ताले मत च्यातेको, उनीहरुले नै पुन मतदानको माग गरेकोले सहमतिको बातावरण विग्रेको उनले बताए ।

बजेट आजै (जेठ १५ गते) संसदमा पेश गर्नु पर्ने संबैधानिक व्यवस्था छ ।

महाअभियोग प्रस्ताव फिर्ता गरेपछि मात्र संसद् चल्न दिने एमालेको अडानका कारण सदन चल्न नदिने अडान लिएको छ । एमालेले संसदमा अवरोध गरेपछि केही दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि जनताको नाममा संम्बोधन गरी राजीनामा दिएका थिए ।

आजै बसेको मन्त्रिपरिषद्को बैठकले १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट पारित गरेको छ । बजेटको सुटकेस लिएर उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महारा व्यवस्थापिका संसद्मा प्रवेश गरेका छन् ।

Share News