काठमाडौं । सरकारले सात वटै प्रदेशमा इन्धन भण्डारण गृह निर्माण गर्ने बताएको छ । आगामी आवको बजेट मार्फत सात वटै प्रदेशमा पर्याप्त इन्धन भण्डार क्षमताको विस्तार गर्ने बताएको हो । बजेटका अनुसार ९० दिनलाई पुग्ने इन्धन र ४५ दिनलाई पुग्ने एलपी ग्यासको भण्डारण गृह निर्माण गर्ने भएको हो ।
त्यस्तै रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाईनको निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाउने पनि बताएको छ ।