शुद्ध खानेपानीका लागि २२ अर्ब ७० करोड, याङग्री र लार्के ६ अर्ब ५७ करोड

<p>काठमाडौं । सरकारले देशभर शुद्ध खानेपानी सेवा विस्तारका लागि २२ अर्ब ७० करोड रुपैंयाँ बजेट विनियोजन गरेको छ । खानेपानी तथा सरसफाई मन्त्रालयबाट खर्च हुने गरि २२ अर्ब ७० करोड बजेट विनियोजन गरिएको हो । अर्थमन्त्री कृष्ण बहादुर महराले व्यवस्थापिका संसदमा पेश गरेको बजेट वक्तव्यका अनुसार सरकारले अगामी आर्थिक बर्षलाई खानेपानी बर्ष समेत घोषणा गरेको [&hellip;]</p>

काठमाडौं । सरकारले देशभर शुद्ध खानेपानी सेवा विस्तारका लागि २२ अर्ब ७० करोड रुपैंयाँ बजेट विनियोजन गरेको छ । खानेपानी तथा सरसफाई मन्त्रालयबाट खर्च हुने गरि २२ अर्ब ७० करोड बजेट विनियोजन गरिएको हो ।

अर्थमन्त्री कृष्ण बहादुर महराले व्यवस्थापिका संसदमा पेश गरेको बजेट वक्तव्यका अनुसार सरकारले अगामी आर्थिक बर्षलाई खानेपानी बर्ष समेत घोषणा गरेको छ ।

मेलम्ची नदिको पानीमा याङग्री नदि र लार्के नदिको पानी थपेर ल्याउका लागि ६ अर्ब ५७ करोड रकम विनियोजन गरिएको छ ।
यी दुई नदिको पानी थपिएसँगै मेलम्चीबाट काठमाडौं उपत्यकाका लागि दैनिक ५१ करोड लिटर पानी आउनेछ ।

Share News