नेपाल ग्रामीण विकास बैंकले ९ लाख कित्ता एफपीओको लागि माग्यो बोर्डको अनुमति

<p>काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले ९ लाख ७५ हजार कित्ता थप साधारण सेयर (फरदर पब्लिक इस्यु(एफपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले सो मात्राको एफपीओ जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले जेठ १२ गते धितोपत्र बोर्डमा निवेदन दिएर प्रभु क्यापिटल मार्फत सो मात्राको एफपीओ जारी गर्न [&hellip;]</p>

काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले ९ लाख ७५ हजार कित्ता थप साधारण सेयर (फरदर पब्लिक इस्यु(एफपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले सो मात्राको एफपीओ जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले जेठ १२ गते धितोपत्र बोर्डमा निवेदन दिएर प्रभु क्यापिटल मार्फत सो मात्राको एफपीओ जारी गर्न अनुमति मागेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड ७५ लाख रुपैयाँ रहको छ । सो मात्राको एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड ८४ लाख रुपैयाँ नाघ्ने छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७८१ रुपैयाँ रहेको छ ।

Share News