अर्थमन्त्री महराले भने-७.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने आधार प्रशस्तै छन्

<p>काठमाडौं । अर्थमन्त्री कृष्ण बहादुर महराले आगामी आर्थिक बर्षमा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर सहजै हासिल हुने दावी गरेका छन् । मंगलबार अर्थमन्त्रालयमै पत्रकार सम्मेलन गरेर अर्थमन्त्री महराले ७.२ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव भएको बताएका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थमन्त्रालयका दुबै सचिव, प्रमुख आर्थिक सल्लाहकारसँगै राखेर उनले भने–बजेट स्थानिय तहमा गएको छ, यसले विकास [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री कृष्ण बहादुर महराले आगामी आर्थिक बर्षमा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर सहजै हासिल हुने दावी गरेका छन् । मंगलबार अर्थमन्त्रालयमै पत्रकार सम्मेलन गरेर अर्थमन्त्री महराले ७.२ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव भएको बताएका हुन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थमन्त्रालयका दुबै सचिव, प्रमुख आर्थिक सल्लाहकारसँगै राखेर उनले भने–बजेट स्थानिय तहमा गएको छ, यसले विकास खर्च बढाउँछ जसले गर्दा सहजै ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुन्छ ।’ उनले राजनीतिक, वित्तिय तथा प्रशासनिक तीनै प्रकारको अधिकार तल पठाएकाले पनि आगामी आर्थिक बर्षमा बजेट कार्यान्वयनमा कुनै समस्या नआउने बताए ।

लगत्तै २ वटा निर्वाचन हुने, राष्ट्रि गौरवका आयोजनामा १९ प्रतिशत बजेट वृद्धि र कार्यान्वयनका लागि छुट्टै प्रक्रिया तथा कानुनको समेत व्यवस्था गरिने, भूकम्पपछिको पुननिर्माणले तिब्रता पाउने, लोड सेडिङको न्युनिकरणले औद्योगीक क्षेत्रको उत्पादकत्वमा वृद्धि हुने लगायतका कारण देखाउँदै प्रक्षेपित आर्थिक वृद्धिदर हासिल हुने बताए ।

पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठले आगामी दुई तीन बर्षपछि दुई अंकको आर्थिक वृद्धिदर समेत सम्भव भएको बताए । ‘बजेट खर्च गर्ने तहमा निर्वाचित प्रतिनिधी आएका छन्, कर्मचारीको व्यवस्थापन पनि भैरहेको छ, अब तल्लो तहमा आर्थिक गतिबिधी ह्वात्तै बढ्छ र केहि बर्षपछि दुई अंकको आर्थिक वृद्धिदर हासिल हुन्छ’, उपाध्यष डा. श्रेष्ठले भने ।

अर्थ सविच शान्तराज सुवेदीले बजेटको अख्तियारी दिईसकिएको बताउँदै अब लोड सेडिङको न्युनिकरणकै कारण प्रक्षेपित आर्थिक वृद्धिदर सम्भव भएको बताए । राजश्व सचिव राजन खनालले आगामी आर्थिक बर्षमा आर्थिक गतिबिधी बढ्ने पुर्वानुमान गरेरै राजश्व संकलन ७३० अर्बको राजश्व संकलन लक्ष्य निर्धारण गरेको बताए । यसअघि २० प्रतिशतको हाराहारीमा राजश्व संकलन लक्ष्य वृद्धि गर्दै आएकोमा यसपाली आर्थिक गतिबिधी बढ्ने देखेर २९ प्रतिशत लक्ष्य वृद्धि गरेको बताए ।

Share News