काठमाडौं । ‘राम्रो’ ब्राण्डका बिस्कुट तथा कुकीजहरुका उत्पादक आर.पि. बेकरीलाई ९ औं राष्ट्रिय खाद्य स्वच्छता दिवसमा प्रथम स्थानको प्रमाणपत्रद्वारा सम्मानीत गरिएको छ । उक्त समारोह, कृषि बिकास मन्त्रालयअन्तर्गत, खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले बार्षिक रुपमा आयोजना गर्दै आएको छ ।

बि.सं. २०६९ सालमा पनि आर.पि. बेकरीलाई सोही समारोहले दोस्रो स्थानबाट सम्मानित गरेको थियो । गत ४ बर्षमा, आर.पि. बेकरीले आफ्नो उपकरणहरुलाई आधुनिकीकरण गरि नयाँतथा स्वास्थ्यकर बिस्कुट तथा कुकीजहरु कडा गुणस्तर परिक्षणका साथ उत्पादनगरि प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । यस उपलब्धिलको श्रेय कम्पनीको निरन्तर गुणस्तरीय उत्पादनहरु मात्रआफ्नो ग्राहक समक्ष पुर्याउने दृढ संकल्पलाई जान्छ ।
आर.पि. बेकरीका निर्देशक आदित्य अग्रवालले भने, “यस उपलब्धिले हाम्रो उत्पादनको गुणस्तरलाई कायम गरि ग्राहक समक्ष पुर्याउने दायित्वलाई अझै बढि हौसला दिएको छ । यस उपलब्धिलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिनलाई मैले एउटा ठुलो चुनौतीको रुपमा लिएको छु ।”