फेरी सर्यो दोश्रो चरणको निर्वाचन, असार १४ गते गर्ने मन्त्रिपरिषदको निर्णय

<p>काठमाडौं । दोश्रो चरणको स्थानिय तहको निर्वाचन फेरी सरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते दोश्रो चरणको निर्वाचन गर्ने निर्णय गरेको हो । जेठ ३१ गतेका लागि तोकिएको दोश्रो चरणको निर्वाचन केहि दिन अघि मात्रै असार ९ गतेका लागि सारिएको थियो । मुस्लिमहरुको महान पर्व रमजान परेकाले निर्वाचन आयोगको सहमतिमा असार [&hellip;]</p>

काठमाडौं । दोश्रो चरणको स्थानिय तहको निर्वाचन फेरी सरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते दोश्रो चरणको निर्वाचन गर्ने निर्णय गरेको हो ।

जेठ ३१ गतेका लागि तोकिएको दोश्रो चरणको निर्वाचन केहि दिन अघि मात्रै असार ९ गतेका लागि सारिएको थियो । मुस्लिमहरुको महान पर्व रमजान परेकाले निर्वाचन आयोगको सहमतिमा असार १४ गतेका लागि नयाँ मिति तोकिएको उर्जा मन्त्री जनार्दन शर्माले बताए ।

हिजो हिजो मात्रै प्रधानमन्त्रीसँगको छलफलमा राष्ट्रिय जनता पार्टी (राजपा) का नेताले मुस्लिम समुदायको पर्व रमजान असार ९ गते पर्ने भएकाले चुनावको मिति पाँच दिन सार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

त्यसैगरी असार ९ गते चुनाव नगर्न मुस्लिम समुदायले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार नै ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले मुस्लिम समुदायको मागप्रति आफू सकारात्मक भएको बताएका थिए ।

Share News