स्वरोजगार लघुवित्त र मिर्मिरे माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन

<p>काठमाडौं । बुधबार स्वरोजगार लघुवित्त विकास बैंक र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले स्वरोजगार लघुवित्त विकास बैंकको ४० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १७५३ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १७६६ रुपैयाँ रहने भएको छ [&hellip;]</p>

काठमाडौं । बुधबार स्वरोजगार लघुवित्त विकास बैंक र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ ।

नेप्सेले स्वरोजगार लघुवित्त विकास बैंकको ४० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १७५३ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १७६६ रुपैयाँ रहने भएको छ ।

त्यस्तै, नेप्सेले मिर्मिरे माइक्रोफाइनान्सको पनि ५० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २१५७ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १५७० रुपैयाँ रहने भएको छ ।

Share News