सनराइज बैंकको नयाँ शाखा मकवानपुरको हेटौंडामा

<p>काठमाडौं । सनराइज बैंक लिमिटेडले मकवानपुर जिल्लाको हेटौंडामा शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बुधबारका दिन एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यलय वीरगंजका निर्देशक धनन्जय शर्मा र हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले संयुक्त रुपमा गरेका छन् । बैंकले साबिकको नारायणी नेशनल फाइनान्स लि.लाई प्राप्ती गर्दा नारायणगढमा दोहोरिएको शाखाको कारोबार [&hellip;]</p>

काठमाडौं । सनराइज बैंक लिमिटेडले मकवानपुर जिल्लाको हेटौंडामा शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बुधबारका दिन एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यलय वीरगंजका निर्देशक धनन्जय शर्मा र हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले संयुक्त रुपमा गरेका छन् ।

बैंकले साबिकको नारायणी नेशनल फाइनान्स लि.लाई प्राप्ती गर्दा नारायणगढमा दोहोरिएको शाखाको कारोबार एउटा शाखामा एकीकृत गरी अर्को शाखालाई हेटौंडामा स्थानान्तरण गरिएको हो । यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पुर्याउन सक्षम हुुुुनुका साथै मकवानपुर क्षेत्रका ग्राहकलाई सुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा प्रादन गरिने तथा उक्त शाखाबाट ग्राहकहरुलाई भारी छुटका साथ लकरसेवा समेत उपलब्ध गराइएको बैंकले जनाएको छ ।

बैंकले हालसम्म ७० वटा शाखा र ८१ वटा एटिएम मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकको वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि.एल.एन. काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १६ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।

Share News