काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा लि अन्तर्गत काठमांडौको नक्सालमा तीन दिने हुन्डाई एक्स्चेञ्ज कार्यक्रम शुरु हुँदैछ । उक्त कार्यक्रम बिहिबार देखि जेठ २० गते, शनिबार सम्म संचालन हुँदैछ ।

ग्राहकहरुका लागि उत्कृष्ट एक्स्चेञ्ज योजना र “आफ्नो सवारी साधनले नै भुक्तानी गरौँ” भन्ने नाराका साथ, आफ्नो सवारी साधनको उत्कृष्ट मूल्याङ्कन गराई नयाँ हुन्डाई गाडी लग्ने सुवर्ण अवसर प्रदान गर्न सो एक्स्चेञ्च क्याम्प संचालन गरिने भएको छ ।
सो एक्स्चेञ्ज कार्यक्रममा हुन्डाईले आफ्नो ग्राहक सामु नगद छुट, स्पट एक्स्चेञ्ज एण्ड भ्यालुएसन, एक्स्चेञ्ज बोनस र स्पट फाइनान्स एण्ड इन्स्योरेन्स हरेक गाडीको बिक्री सँगै प्रदान गर्र्ने भएको छ । साथै उक्त कार्यक्रममा हुन्डाई ग्राहकहरूका लागि गाडीको निःशूल्क चेक-अप, टेष्ट ड्राइभ एण्ड विन र मनोरञ्जनका कार्यक्रमहरु समेत सम्मेलित छन । कार्यक्रम अवधिमा टेष्ट ड्राइभ गरेका मध्ये लक्कि ड्र मार्फत तिन जना भाग्यशाली ग्राहकलाई कुलप्याड कुल एक स्मार्ट फोन प्रदान गर्ने कम्पनीले जनाएको छ ।
ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजनाहरु आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टलले सो हुन्डाई एक्स्चेञ्ज योजना मार्फत आफ्नो यस प्रवृत्तिलाई निरन्तरता दिएको छ ।