नेपाल टेलिकमले देशभरका दुई सय वटा कार्यालय भवनमध्ये अधिकांश भाडामा लगाउने

<p>काठमाडौं । नेपाल टेलिकमका देशभर रहेका विभिन्न भव्य महल अब भाडामा लगाउने भएको छ । टेलिकमले आगामी आर्थिक वर्ष २०७४/७५ देखि भवन भाडामा लगाउने गरी आवश्यक तयारी गरिरहेको छ । टेलिकमका भवन भाडामा लगाउने विषयमा गत फागुन दोस्रो साता बसेको टेलिकम सञ्चालक समितिले निर्णय पनि गरिसकेको छ । अब भवन कति वटा भाडामा लगाउने, कुन [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकमका देशभर रहेका विभिन्न भव्य महल अब भाडामा लगाउने भएको छ । टेलिकमले आगामी आर्थिक वर्ष २०७४/७५ देखि भवन भाडामा लगाउने गरी आवश्यक तयारी गरिरहेको छ ।

टेलिकमका भवन भाडामा लगाउने विषयमा गत फागुन दोस्रो साता बसेको टेलिकम सञ्चालक समितिले निर्णय पनि गरिसकेको छ । अब भवन कति वटा भाडामा लगाउने, कुन भवन टेलिकमले कति उपभोग गर्ने र कतिसम्म भाडामा लगाउने भन्ने विषयमा आवश्यक मापदण्ड बनाउने टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले निर्णय गरेर सञ्चार मन्त्रालय पठाएको उक्त प्रस्तावमा आगामी साउन १ गतेबाटै भवन भाडामा लगाउने गरी निर्णय गरेको उल्लेख छ । टेलिकम स्रोतले दिएको जानकारी अनुसार हाल टेलिकमको देशभर २ सय वटा आफ्नै कार्यालय रहेका छन । यीमध्ये कतिलाई भाडामा लगाउने भन्ने विषयमा आवश्यक गृहकार्य भइरहेको पनि टेलिकम स्रोतले जानकारी दिएको छ ।

टेलिकमका अनुसार काठमाडौंसहित बाहिरी जिल्लाका भवन भाडामा लगाउने विषयमा आवश्यक गृहकार्य भइरहेको छ । टेलिकमको धेरैवटा जिल्लामा भव्य र अकर्षक भवन रहेका छन् । यी भवन सबै टेलिकमलाई नै प्रयोग नहुने र भाडामा लगाउँदा अतिरिक्त आम्दानी बढ्ने भएकोले पनि भवनको सहि सदूपयोग हुने निष्कर्ष टेलिकमले निकालेको छ ।

टेलिकम अनुसार काठमाडौंका रहेका भव्य र आकर्षक भवन भाडामा दिँनुको एउटै उद्देश्य आम्दानीको स्रोत बढाउनु नै हो । टेलिकमले आफ्नै भवनलाई पनि भाडामा लगाउँदा बार्षिक करोडौ आम्दानी बढ्ने भएको छ ।

आफ्नै भवन पूरै नचाहिने हुँदा यसलाई भाडामा प्रयोग गर्दा भएकै भवनले थप आम्दानी पनि दिने बुझाई टेलिकम अधिकारीको छ ।

साथै, टेलिकमले पूवधार निर्माणलाई भने निकै आक्रामक रूपमा अगाडि बढाएको छ । यो कम्पनीले धरहरा पनि बनाउने भएको छ । टेलिकमले बनाउने धरहराको लागि पुरात्व विभागले तयार पारेको डिजाइनलाई टेलिकमले अगाडि बढाउने भएको छ ।

टेलिकमले करीब तीन अर्ब रुपैयाँ खर्च गरेर दुई वर्ष अगाडि भत्किएको धरहरालाई आकर्षक ढंगबाट पुनःनिर्माण गर्ने भएको छ । टेलिकमले बनाउँने धरहरा भूकम्प प्रतिरोधी हुनका साथै हालको तुलनमा ठूलो क्षेत्रमा आकर्षक पनि हुने उल्लेख छ ।

Share News