काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
भोली शुक्रबार निर्वाचनको विहान १० बजेदेखि ५ बजेसम्म उमेदरवारको मनोनय पत्र दर्ता गर्नुपर्ने गरी आयोगले निर्वाचन कार्य तालिका सार्वजनिक गरेको छ ।
मनोनयन दर्ताको सूची प्रकाशन भोली नै साझ साढे पाँच बजे हुने भएको छ ।
उमेदवारको विरोधमा उजुरी दिने असार ३ गते १० वजेदेखि १ बजेसम्म, मनोनयन जाँच गर्ने ३ गते १ वजेदेखि ४ गते साढे ११ बजेसम्म रहेको छ ।
उमेदवारको नावमावली प्रकाशन ४ गते साढे ११ देखि १ बजेसम्म रहेको छ । उमेदवारको नाम फिर्ता लिने ४ गते १ वजेबाट ५ बजेसम्मको समय तोकेको छ ।
उमेदवारको अन्तिम नामावली ५ गते प्रकाशन हुने र निर्वाचन चिन्ह प्रदान पाउने र प्रचार प्रचारको समय दिने गरी आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।