नयाँ बजेटमा महासंघका आधा दर्जन असन्तुष्ठि

<p>काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले आगामी आर्थिक बर्षको बजेटप्रति आधा दर्जन असन्तुष्ठि प्रकट गरेको छ । बजेटबारे आफ्नो आधिकारीक धारणा सार्वजनिक गर्दै महासंघले निजी क्षेत्रका मुद्धाहरुलाई बजेटले सम्बोधन नगरेकोे भन्दै असन्तुष्ठि व्यक्त गरेको हो । नयाँ बजेटका कारण लगानी कर्ता आकर्षित हुनुपर्ने कुनै कारण नभएको पनि महासंघले स्पष्ट पारेको छ । महासंघले विदेशी मुद्रा [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले आगामी आर्थिक बर्षको बजेटप्रति आधा दर्जन असन्तुष्ठि प्रकट गरेको छ । बजेटबारे आफ्नो आधिकारीक धारणा सार्वजनिक गर्दै महासंघले निजी क्षेत्रका मुद्धाहरुलाई बजेटले सम्बोधन नगरेकोे भन्दै असन्तुष्ठि व्यक्त गरेको हो ।

नयाँ बजेटका कारण लगानी कर्ता आकर्षित हुनुपर्ने कुनै कारण नभएको पनि महासंघले स्पष्ट पारेको छ । महासंघले विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतको रुपमा रहेको प्राथमिकता प्राप्त पर्यटन क्षेत्रको विकासमा बजेटले कुनै कार्यक्रम नल्याएकोमा गुनासो व्यक्त गरेको हो ।
महासंघले उद्योग सरह जलविद्युतमा लगानी गर्नेहरुले पनि भ्याट फिर्ता पाउनु पर्ने आफ्नो माग सम्बोधन नगरेको पनि चिन्ता व्यक्त गरेको छ ।

बजेटले राजस्व सम्बन्धी विवादमा धरौटी राख्न नपर्ने व्यवस्था, व्यक्तिगत कर छुट सीमाको वृद्धि गरिनु पर्ने, सामाजिक तथा परोपकार क्षेत्रमा गरिएको सबै खर्च कट्टा गर्न पाउने व्यवस्था जस्ता महत्वपूर्ण सुझाव पनि नसमेटेको भन्दै दुखेसो पोखेको छ । कानुन अनुसार दर्ता भएका प्लाष्टिकजन्य, क्रसर लगायतका उद्योगहरूलाई कुनै अप्रत्यासित रुपमा हुने नीति वा आदेशबाट वन्द गर्दा क्षतिपूर्ति दिनुपर्ने स्पष्ट व्यवस्था हुनुपर्नेमा आफ्नो मागको पनि सुनुवाई नभएको पनि महासंघले बताएको छ ।

Share News